गोरखा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गोरखाको इन्चार्जमा कृष्ण धिताल चयन भएका छन् । आईतबार दिउसोँ सम्पन्न नेकपाको सचिवालय बैठकले पूर्व माओबादीका पोलिटव्युरो सदस्य समेत रहेका धिताललाई गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।
बैठककले गोरखा जिल्ला सहइन्चार्जमा पूर्व माओबादीबाट परशुराम रम्तले, सुसिला सिंखडा र पूर्व एमालेबाट चुडामणी जंगलीलाई चयन गरेको छ । यो संगै बैठकले ७७ ओटै जिल्ला कमिटी र महानगरपालिकाको एकता प्रक्रिया सकेको छ ।
आईतबार बसेको सचिवालयको बैठकले ७७ वटा जिल्लाको इन्चार्ज र सह इन्चार्ज तथा ६ वटा महानगरपालिकाको इन्चार्ज र सह इन्चार्ज टुगों लगाएको हो।
केन्द्रीय समितिको कार्यविभाजन र अन्य बाँकी रहेका एकता प्रकृयाको विषयमा पुनः मंगलवार बस्ने सचिवालयको बैठकले टुगों लगाउने छ ।
७७ जिल्ला र ६ महानगरपालिका गरी जम्मा ८३ स्थान मध्ये ४५ स्थानमा तत्कालीन एमाले र ३८ तत्कालीन माओवादी केन्द्रले नेतृत्व लिएको छ ।
प्रतिक्रिया