गोरखा- भिमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भिमसेन थापाको जन्मदिनको अवसरमा साउन ९ गते सार्वजनिक बिदा दिने भएको छ ।
साउन ३ गते बसेको गाउँ कार्यपालिका बैठकले थापाको जन्मदिनमा गाउँपालिकाभर बिदा दिने निर्णय गरेको हो ।
थापाको २४४औं जन्मजयन्तीमा बोर्लाङ चण्डीथोकस्थित भिमसेन थापा स्मारकमा जन्मजयन्ती मनाउने कार्यक्रम समेत गाउँपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जानकारी दिए ।
गाउँपालीकाका सबै बिद्यालयलाई जन्मजयन्ती मनाउन समेत गाउपालीकाले जानकारी गराएको छ ।
प्रतिक्रिया