गाेरखा– दशैमा घरमा मिठो मसिनो खान सामान्यतया खसीबोका, कुखुरा, राँगो पाल्ने चलन धेरै छ ।
तर दक्षिणी गोरखाको ताङलिचोक स्थित घ्याप्रिङ गाउँमा भने दशैको लागी भन्दै घरघरमा अरिंगाल पाल्न थालिएको छ ।
अरिंगालले गोला लगाउन थालेकाे बेला जंगलबाट रुखको हाँगानै काटेर घरनजिकको रुखको हाँगामा बाधेर दशैलाई अरिंगाल पालिएको हो ।
विगत दुई तीन वर्षदेखि गण्डकी गाउँपालिका वडा नं २ को घ्याप्रिङ गाउँमा अरिंगाल पाल्न थालिएको यस गाउँमा हाल करिव दर्जन भन्दा वढी घरमा अरिंगाल पालिएको छ ।
गुरुङ समुदाय अन्तरगत घ्याप्रिङ गुरुङको वसोवास रहेको यस गाउँमा दशैंमा आफन्तहरुलाई नयाँ स्वाद चखाउन अरिंगाल पाल्न थालिएको एक अरिंगाल पालक किसान विक्रम गुरुङले वताए ।
अरिंगाल स्वादिलो र शक्तिवर्दक हुनाले निकै मिठो हुने, आफन्तहरुले पनि मन पराउने हुँदा अरिंगाल पाल्न थालिएकाले पहिले एक दुई जनाले पाल्न थालिएतापनि अहिले प्राय सवैले पाल्न थालिएकाे उनले बताए ।
यस गाउँमा अरिंगालको गोला धेरै हुनाले गोलो लगाउन थालको वेला कम संख्यामा अरिंगाल भएको वखत गोलो भएको रुखको हाँगानै काटेर घरनजिक ल्याई रुखमा वाँधेर राखिएको अर्का अरिंगाल पालक तिल वहादुर गुरुङले वताए ।
प्रतिक्रिया