+
Search

ताजा अपडेट +

पपुलर +

गायिका चिजाको तीजगीत ‘बेइमानी लाहुरे’ बजारमा, गाेरखाली माेडल कृतिको यस्तो छमछमी

4KNationalDaily
२०७६ श्रावण ८, बुधबार १२:४४ बजे

गोरखा- लामो समय देखि लोक गित संगीतमा आवद्द गोर्खाली गायिका चिजा तामाङ्गले नेपाली हिन्दु नारीहरुको महान पर्व तिज नजिकिदै गर्दा तिज लाइ लक्षित गरेर तिज गित ‘बेइमानी लाहुरे’ बजारमा ल्याएकी छिन ।

पछिल्लो समय मौलिकता हराएको र छाडा गित संगीतले स्थान पाएर बिरक्त भएको संगीत दुनियामा चिजाले मौलिकता र पुरानो सस्कृतिलाई जगेर्ना गर्दै नया मौलिक र मिठो गित बजार ल्याएकि हुन् ।

रमेश बाबु थापा को शब्द लय रहेको गीतलाई बिस्वास नेपालले एरेन्ज गरेका हुन् ।

मोडल कृतिको डेब्यु

गोरखाकि स्थायी चेली कृति के:सी लामो समय देखि नृत्य क्षेत्रमा लागिरहेकी छन् । पढाइको शिलशिलामा काठमाडाैंलाइ कर्म थलोको रुपमा लिदै आएकी केसीले थुप्रै स्टेज कार्यक्रम, प्रतिस्पर्दात्मक कार्यक्रममा आफुलाई प्रस्तुत गर्दै आएकी छन् ।

मेला महोत्सब र नाचगानमा सबै खाले नृत्य प्रस्तुत गर्न सक्ने नृत्यांगनाको रुपमा आफुलाई परिचित गराइसकेकि केसीले नृत्य बिधामा मास्टर डिग्रिको अध्ययन पनि गर्दै छिन ।

पढाइ को अलवा नृत्य निर्देशकको रुपमा पनि काम गर्दै आएकी केसीको यो म्युजिक भिडियाे भने पहिलो हो । डेब्यु भिडियोमा नै आफुलाई अब्बल कलाकारको रुपमा प्रस्तुत गराउन कृति सफल भएकी छन् ।

परिवारको चाहाना र पुरा पुर् समर्थन र साथि भाइको हौसला र आफ्नो बच्चैदेखिको चाहनाले गर्दानै आफुलाई यस क्षेत्रमा केहि गर्ने धोको रहेको र बिस्तारै अब पुरा गर्ने केसीको चाहना छ ।

उक्त भिडीयोमा कृतिलाई साथ दिएकि छन् अर्की मोडल बेनी गुरुङ्गले ।  भिडियोलाइ दिप गुरुंगले निर्देशन गरेका हुन भने आशुतोष एडीको कोरियोग्राफी रहेको छ ।

शम्भु चालिसेको छायांकन रहेको हो भने सुजन शाहीले सम्पदान गरेको हुन् । निक्कै मिहनेत र भरपुर प्रविधिको प्रयोग गरि तयार भएको भिडीयो मौलिक गित अहिले दर्शक माझ रोजाइमा पर्दै गएको छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily