काठमाडौं- अभिनेत्री रेखा थापा बिन्दास जीवन छिउँछिन्। अझै उस्तै चञ्चल स्वभावकी छिन् र गम्भीर पनि भइहाल्छिन्।
तर रेखा यसपाली भने एउटा महत्वपूर्ण विषयमा मौन छिन्। विषय बजार तताएको उही उनको पूर्व पति निर्माता छबि ओझा र अभिनेत्री शिल्पा पोखरेलको घर झगडाकै हो।
अहिले छबि र शिल्पाको घर झगडा डिभोर्सतर्फ माडिसक्यो र त्यसबाट पनि अर्कै मोड आइसक्यो। घटनाबारे सबै फिल्मकर्मीदेखि दर्शक जानकार छन्। कतिपय अभिनेत्री -अभिनेता छवि वा शिल्पाको पक्ष विपक्षमा खुलेरै लागेका छन्।
रेखा भने मौन छिन्। शिल्पाले एकपछि अर्को कन्ट्रोभर्सीमा रेखालाई तानेको तान्यै छिन्। ‘छबिले मुखमा एसिडै छ्यापिदिन्छु’ भन्दा पनि चुप लागेर बस्दा आफू भ्ररमा परेको भनेर रेखातिरै औँला ठड्याइरहेकी छिन्। तापनि रेखा मौन छिन्।
रेखाको अर्को छवि महिला सशक्तिकरणको पनि हो। प्रायः उनले फिल्म बनाउँदा नारीप्रधान बनाउने गरेकी छन्। तर, जसै उनले मौनता साँधिन्, उनलको व्यवहार र व्यवसाय फरक हो कि भन्नेहरु पनि देखिएनन्।
प्रतिक्रिया