+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका ११ ओटै स्थानिय तहका उपपप्रमुखहरुलाई गाडी सुबिधा

4KNationalDaily
२०७६ श्रावण ९, बिहीबार १४:५२ बजे

गाेरखा-  गोरखाका ११ ओटै स्थानिय तहका उपप्रमुखहरुले गाडी सुबिधा पाउने भएका छन् ।

गण्डकी प्रदेश सरकारको गएको असार २५ गते बसेको मन्त्रीपरिषद्को बैठका प्रदेश भित्रका सवै स्थानिय तहका उपप्रमुखहरुलाई गाडी सुबिधा दिने निणर्य गरेसंगै गोरखाका सवै स्थानिय तहका उपप्रमुखहरुले सुबिधा पाउने भएका हुन् ।

गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका सबै स्थानीय तहका उपमेयर तथा उपाध्यक्षले पनि गाडी सुविधा दिन पाउने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिष्दको बैठकले निर्णय गरेपनि १५ दिन अघि नै निणर्य गरेपनि ढिलो गरि सार्वजनिक गरेको जनाइएको छ ।स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनलाई संशोधन गरी उपाध्यक्ष तथा उममेयरलाई पनि गाडी उपलब्ध गराउन लागिएको हो ।

गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । अब सबै स्थानीय तहका उपप्रमुखले गाडी चड्न पाउने भएका छन् । केही स्थानीय तहले यसअघि पनि गाडी सुविधा प्रयोग गर्दै आएका थिए ।

‘प्रमुख तथा अध्यक्षलाई गाडी, इन्धन वा यातायात खर्च उपलब्ध गराउने भन्ने ऐनमा उल्लेख बुँदालाई प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष भन्ने शब्द राखिएको छ,’ कानून मन्त्रालयका एक कर्मचारीले भने ।

स्थानीय तहमा सरकारी सेवाबाट निवृत भई पेन्सन खाइरहेका जनप्रतिनिधिले पनि सुविधा पाउने व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।

गण्डकी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐनलाई संशोधन गर्दै दोहोरो सुविधा लिन पाउने व्यवस्था मिलाउन लागेको हो ।

सदनबाट पारित भएपछि यो यो व्यवस्था लागु हुने छ । गण्डकी प्रदेशका सांसददेखि मन्त्रीसम्मलाई नायब सुब्बा सरहको स्वकीय सचिवको सुविधा दिने निर्णय पनि सोही बैठकले गरेको थियो ।

दोहोरो सुविधा र उपमेयर तथा उपाध्यक्षले गाडी सुविधा पाउने ऐन संशोधन गर्ने निर्णयपछि संसद सचिवालयमा दर्ता भएको छ ।

गण्डकी प्रदेश सरकारबाट कार्यपालिका सदस्यले पाउने भत्ता तथा यातायात सुविधा सम्बन्धी मन्त्रिपरिषदले ऐनको अनूसूची संशोधन गरेपछि राजपत्रमा प्रकाशित गर्न ठिक्क पारेर राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily