+
Search

ताजा अपडेट +

पपुलर +

चर्चित नायिका साम्राज्ञीको अर्को हर्कत बाहिरियो, प्रेमीसँग गाडीभित्रै यस्तो !

4KNationalDaily
२०७६ श्रावण ९, बिहीबार २०:२४ बजे

काठमाडाैं- प्रेमीसँग इन्डोनेशीयाको बाली बिचमा अन्तरंग तस्बिर बाहिरिएपछि विवादीत बनेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अर्को तस्बिर बहिरिएको छ ।

उनले प्रेमी देवांश राणासँग गाडीमै ‘किस’ गरेको तस्बिर बाहिरिएको हो । यो तस्बिर पनि बालीमै खिचिएको बताइन्छ ।

अघिल्ला तस्बिर प्रकरण विवादीत बनेपछि साम्राज्ञीले आलोचकप्रति इंगित गर्दै लेखेकी थिइन्,‘हात्ती चले बजार कुत्ता भुके हजार ।’ योसँगै उनले अन्य तस्बिरलाई चुनौति दिनेगरी अर्को तस्बिर सार्वजनिक गरेकी हुन् ।

नेपालमा चलेका र केही फिल्मको तयारीमा रहेका हिरोइनहरू पर्दामा भन्दा सामाजिक सञ्जालमा चल्न थालेका छन् । कुनै खास तर्क वा आर्दशका विषयमा नभएर मस्ती गरेका, घुमेका, नुहाएका वा समुद्री तटमा पुगेका तस्बिरका कारण नेपाली हिरोइनहरू चलिरहेका हुन् ।

कतिपयले भने आफ्ना दैनिकीको सुरुआत, शारिरीक व्यायामलगायतका तस्बिर र अन्तरवार्ताका कारण चलेका छन् भने कतिपय नीजि जीवनलाई बजारीकरण गरिरहेका छन् ।

यसै सातामा सबैभन्दा बढी चर्चा भयो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको । उनले इन्डोनेशीयाको बालीमा प्रेमी दिवांश राणासँगका अन्तरंग तस्बिर सार्वजनिक गरिन् ।

उनका तस्बिर भाइरल भएपछि प्रत्युत्तरमा उनले लेखेकी थिइन्,‘हात्ती चले बजार, कुत्ता भुके हजार ।’ यो प्रतिक्रियाका कारण पनि उनको चर्चा भयो ।

यस्तै अभिनेत्री केकी अधिकारीका जिम सेन्टरका तस्बिरहरूले सञ्जाल तताए । उनका तस्बिरहरू विभिन्न अनलाइन समाचार पोर्टललगायतले व्यापक बनाएका थिए ।

उता, हङकङमा कार्यक्रमका लागि पुगेकी अभिनेत्री नम्रता सापकोटाको विकिनी तस्बिरले पनि सञ्जाल ततायो । समुद्री तटमा उनी निक्कै मस्ती गरिरहेका तस्बिर सार्वजनिक गर्न उद्दत भइन् ।

केही दिन अघि मात्र अभिनेत्री सुष्मा कार्कीले स्विमिङ पुलमा नुहाएको तस्बिर सामाजिक सञ्जालमा राखिन् । त्यसले पनि बर्षायामको मौसममा सामाजिक सञ्जाल तातो बनायो । उनले पनि खरो प्रतिक्रिया दिँदै लेखिन्,‘अरुको फेसबुकबाट फोटो तानेर कमाई खानेहरू ।’

केही महिनाअघि अभिनेत्री बर्षा राउतको क्लिभेज तस्बिर भाइरल भएको थियो । अस्ट्रेलिया पुगेका बेला उनको त्यो तस्बिर सार्वजनिक भयो । तर, उनले यस विषयमा कुनै खरो प्रतिक्रिया भने दिइनन् ।

मिडियामा चर्चा सेलाउन थालेपछि हिरोइनहरूले यस्तो जुक्ति गर्दै आएको धेरैको बुझाई छ । मिडियाबाट पनि हराउन थालेपछि चर्चा कम हुने र कामका लागि कसैको दृष्टि पर्न नसक्ने आँकलनका आधारमा हिरोइनहरू यस्तो हर्कतमा उत्रिन्छन् ।

एक निर्माता भन्छन्,‘यो हलिउड र बलिउडका अभिनेत्रीहरूको सिको पनि हो । जसका कारण चर्चामा रहन सकिन्छ भन्ने विश्वास उनीहरूमा पलाउँछ ।’

त्यसो त पर्दामा तत्काल आउने कुनै लालसा नभएका अभिनेत्री पनि सञ्जालमा भने सक्रिय रहेको देखिन्छ । त्यसको उदाहरण हुन् बिहे गरी बेल्जियमतिर बसेकी अभिनेत्री, गरिमा पन्त । पन्त इन्स्टाग्राममा अर्धनग्न तस्बिर राख्ने पहिलो सूचीमा पर्न थालेकी छन् ।

‘प्रत्यक्ष नभए पनि परोक्ष हिसाबले पनि आफ्नो चर्चा कम नहोस् भन्ने ठानेर हिरोइनहरूको यस्तो काम जारी रहेको हुनसक्छ’, एक निर्देशक बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily