+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा पालुङटार विवाद : अजय कि विकास !

4KNationalDaily
२०७६ श्रावण ११, शनिबार १५:१६ बजे

गोरखा- पूर्वमाओवादी नेताहरुबिचको विवादको कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पालुङटार नगरपालिकाको नगर कमिटी चयन हुन सकेको छैन । जिल्लाका नेताहरुको स्वार्थ बाझिदा पालुङ्टार नगर कमिटी चयन हुन नसकेको हो ।

नगरको अध्यक्षमा नेताहरुले आ-आफ्नो स्वार्थ अनुसार व्यक्ति अघि सारेपछि विवाद सतहमा आएको हो । नगर कमिटीको अध्यक्षमा गुणराज देवकोटा (अजय) र विकास वाग्लेको दावी रहदै आएको छ । देवकोटा पालुङटार नगर कमिटीका पूर्वउपाध्यक्ष हुन् भने वाग्ले पूर्वसचिव ।

देवकोटा र वाग्ले कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा जिल्लाका नेताहरु विभाजित हुदा नगरले लामो समयदेखि नेतृत्व पाउन नसकेको हाे । नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठ देवकोटालाई अध्यक्ष दिनुपर्छ भन्ने पक्षमा छन् भने गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे यी दुबैलाई अध्यक्ष बनाउन नहुने तेश्रो व्याक्ति ल्याउनु पर्ने अडानमा छन् ।

उता सांसद एम पूर्वजिल्ला इन्चार्ज चुडामणी खड्का भने वाग्लेलाई अध्यक्ष बनाउन लागि परेका छन् । नेकपा स्रेातका अनुसार, ‘वाग्ले भन्दा देवकोटा स्थानीय रुपमा स्थापित नेताको रुपममा चिनिन्छन् तर केहि नेताह भने गलत व्याक्तिको उस्काहटमा लागेर पार्टीहित विपरितको काममा लागेका छन्, ति व्याक्तिहरु पालुङटारमा कठपुतली खडा गरेर लुट मच्चाउन चाहान्छन्।’ पार्टी एकताको क्रममा पालुङ्गटार नगरपालिका पूर्वमाओवादी र गोरखा नगरपालिका पूर्वएमालेको भागमा परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily