गोरखा– अनेरास्वबियु र अखिल क्रान्तिकारी गोरखा क्याम्पस इकाईले गोरखा क्याम्पस जग्गामा भूमाफियाहरुले अतिक्रमण गरेको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साविकको एकिकृत नेकपा माओबादी र नेकपा एमालेको भातृसंगठनहरुले आज क्याम्पस प्रमुख बिकास कुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै तत्काल अतिक्रमण भएको जग्गा फिर्ता माग गरेका हुन् ।
ज्ञापन पत्र मार्फत गोरखाको शैक्षिक धरोहरको रुपमा रहेको गोरखा क्याम्पसको गोरखाको जग्गामा पनि दलालहरुको गिद्धे नजर नाङ्गगो रुपमा छरपष्ट भएको तथ्य सार्वजनिक भईसकेको भन्दै फिर्ता गर्नका लागि आबश्यक पहल गर्न प्रसासनसंग संग माग गरेका छन् ।
‘जिल्लाको एक मात्र आंगिक क्याम्पसको रुपमा रहेको यस क्याम्पस बिगतदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दै अगाडि बढि रहेको सम्बन्धमा क्याम्पसको भौतिक सम्पती मााथिको हस्तक्षेपले क्याम्पसको अस्तित्व माथि प्रश्नवाचक चिन्ह खडा गराएको महसुस भएको छ ।’ प्रसासनलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।
केही जग्गा दलालहरुले प्लटिङ्गको नाममा गोरखा क्याम्पसको अस्तित्वमा धावा बोलेको भन्दै ज्ञापन पत्रमा अखिल क्रान्तिकारी र अनेरास्वबियु जग्गा फिर्ता नभए चुप लागेर बस्न नसक्ने उल्लेख गरिएको छ ।
अखिल क्रान्तिकारीका इकाई अध्यक्ष विष्णु पाण्डे र अनेरास्वबियुका कार्यबाहक इका अध्यक्ष सुदिप धितालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा जग्गा फिर्ता नगरे भूमाफियाहरु बिरुद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिईएको छ ।
त्यस्तै जग्गा दलालहरुका बिरुद्ध एकजुट भई उत्रन समेत ज्ञापन पत्रमा बिधार्थीहरुलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया