काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाले आइतबारको मनसुनी गतिविधि सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाको जानकारीअनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।
हाल देशभर सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ । मनसूनको समयमा दिनहुँ वर्षा हुँदा पहाडी भूभागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया