+
Search

ताजा अपडेट +

पपुलर +

पत्नी सीताको इच्छामा ‘प्रचण्ड’ युएई प्रस्थान

4KNationalDaily
२०७६ श्रावण १४, मंगलवार १३:०१ बजे

काठमाडाैं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सीता दाहाल, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित यूएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा भ्रमण गरिएको दाहालकाे पारिवारिक स्रोतले जनाएको छ ।

पाँच दिने यूएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ । अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ्य परीक्षणका लागि आउँदाे शनिबार सिंगापुर जाने कार्यक्रम तय भएकाे छ । अध्यक्षद्धय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्ता पछि सारिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily