गाेरखा- चुमनुब्री गाउँपालिकाले आवधिक योजना र वस्तुगत विवरण पुष्टिकरण कार्यशाल गरेको छ ।
चुमनुब्री गाउँपालिकाको अल्पकालिन, मध्यकालिन र २५ वर्षको दिर्घ कालिन योजनाहरु समेटिएको आवधिक योजना निर्माणको क्रममा छ ।
स्थानिय सरकार संचालन ऐनले गाउँपालिकाले आफ्नो अधिकार क्षेत्र भित्रको विषयमा स्थानिय स्तरको विकासका लागि आवधिक योजना बनाई लागु गर्नुपर्ने उल्लेख गरेको छ ।
राष्ट्रिय योजना आयोगले आवधिक विकास योजना तर्जुमा सम्बन्धि (नमुना) कार्य विधि तर्जुमा गरी मार्ग निर्देशित गरेको छ ।
यसै गरि नेपाल सरकारले संघ, प्रदेश र स्थानियतहको कार्य जिम्मेवारीमा पर्ने विकास कार्यक्रम र योजनाको वर्गिकरण र बाँडफाँड सम्बन्धि मापदण्ड सम्बन्धि २०७६ स्वीकृत गरि कार्यान्वयनमा ल्याएको हो ।
चुमनुब्री गाउँपालिकाले योजनाबद्ध विकास द्धारा आर्थिक सामाजिक समृद्धीका लागि दीगो विकास, अनुपम संस्कृति उन्नत पर्यटन समृद्ध चुमनुब्री भन्ने दिर्घ कालीन सोच सहित आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ सम्मका लागि प्रथम पञ्च वर्षीय योजना तर्जुमा अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
चुमनुब्री गाउँपालिकाको पहिलो ऐतिहासिक दस्तावेजका रुपमा गाउँपालिकाको वस्तु स्थिति विवरण र प्रथम पञ्च वर्षीय आवधिक गाउँपालिका योजना तयार गरिएको छ । सोहीका आधारमा गाउँपालिकाले आफ्ना कार्यक्रम अगाडी बढाउने अध्यक्ष गुरुङको भनाई छ ।
प्रतिक्रिया