काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफु पर्यटनमन्त्री बनेपछि सामाजिक सञ्जालमा आएका बधाई आफ्नो लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।
बिहिबार बिहान तत्कालिन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारी शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले आफु पर्यटनमन्त्री बनेपछि धेरैले बधाई दिएको बताउँदै त्यो बधाइलाई आफूले चुनौतीको रुपमा लिएको बताए ।
‘सोसल मिडियामा धेरै ठूलो बधाई मलाई प्राप्त भएको छ, त्यो बधाई मेरो लागि निक्कै ठूलो चुनौती हो जस्तो मलाई लाग्छ । ती चुनौतीलाई सामना गरि अगाडि बढ्नु मेरो दायित्व हुने छ,’ उनले भने ।
त्यस्तै उनले आफुले काम गर्न नसेकेको महशुस भएको दिन मन्त्री पदबाट राजीनामा दिने पनि घोषणा गरे । उनले आफ्नो आगामी दिनको सबैभन्दा ठूलो चुनौती भनेको करार सम्झौता हुने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै मन्त्रीहरुसँग करार सम्झौता गरेका थिए ।
आफु सरकारको कठोर समर्थक र आलोचक भएको बताउँदै उनले आफु मन्त्री भएको केही दिनमै आफुले गर्ने काम, र मन्त्रालयका विवादास्पद विषयहरु लाई सार्वजनिक गर्ने बताए ।
प्रतिक्रिया