गोरखा- राष्ट्रिय गौरवको मस्र्याङदी कोरिडोर निर्माणको विषयमा गोरखाको पालुङ्टारमा विवाद भएको छ ।
मनाङदेखि चितवनसम्म निर्माण हुने २२० केभिए क्षमताको प्रशारण लाइन पालुङ्टारको मुटु ठाँटिपोखरीबाट लैजादाँ त्यसले शहरी सुन्दरता विगार्नुका साथै वस्तीलाई असुरिक्षत बनाउने स्थानीयले बिरोध गरेका हुन् ।
मस्र्याङदीको छेउछेउ जहाँ मावन बस्ती छैन, त्यहाँबाट लानु पर्ने हो’ संघर्ष समितिका अध्यक्ष श्रीकृष्ण पाण्डेले भने, ‘तर नेपाल सरकारले स्मार्ट सिटीको रुपमा घोषणा गरेको पालुङ्टार नगरपालिकाको शोभा बिगार्ने र यहाँका वस्ती असुरक्षित बनाउने हिसाबले जुन काम हुन लागेको छ, त्यो हामीलाई स्वीकार्य छैन् ।’
सरकारले लम्जुङ सहित गण्डकी अञ्चलमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा व्यवस्थित गर्ने उदेश्यले मस्र्याङदी कोरिडोर २२० केभिए प्रशारण आयोजना निर्माण गरिरहेको छ ।
कोरिडर मार्फत मनाङबाट लम्जुङ, गोरखा, तनहुँ हुँदै चितवनमा सम्म ११० किलो मिटर लामो प्रशारण लाइन निर्माण गर्ने सरकारको योजना छ ।
१६५ मिटर अग्लो पोलमा १६ सय मेगावाटसम्म विद्युत बोक्न सक्ने नेपालकै सबै भन्दा बढि क्षमताको उक्त प्रशारण लाइन मानव वस्तीलाई असर नगर्ने गरी बनाउनु पर्ने हुन्छ ।
‘अन्य थुप्रै बिकल्प हुँदा हुँदै ठेकेदारलाई नाफा हुने गरी छोटो माध्यमबाट बस्तीलाई जोखिममा पारेर आयोजना बनाउन लागिएको छ’ पाण्डेले भने, ‘यसले लिगगिकोटबाट सञ्चालन हुन लागिरहेको प्याराग्लाडिङलाई असर गर्छ ।
बस्तीको विचबाट यती ठूलो लाइन लैजादा हामी सधै त्रासमा बाच्नु पर्ने हुन्छ ।’ पहिले मस्र्याङ्दी नदीको किनार हुँदै आयोजना बनाउने स्टमेट तयार गरिएको थियो ।
तनहुँका शीर्ष राजनैतिक दलको दबाबमा स्टमेट परिवर्तन गरी पालुङ्टार हबाई मैदान नजिकैबाट प्रशारण लाइन निर्माण गर्न लागिएको थियो ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार विमान स्थल नजिक उच्च क्षमताको प्रशारण लाइन निर्माण गर्न नमिल्ने भएपछि नागरिक उड्यन प्राधिकरणले अनुमती दिएन ।
त्यसपछि पालुङ्टार नगरपालिकाको वडा नम्बर ४ र ५ का केही भु-भागमार्फत प्रशारण लाइन निर्माण अगाडी बढाउने आयोजनाले तयारी गरेपछि स्थानीय बिरोधमा उत्रिएका हुन् ।
‘अबहामीआन्दोलनमाउत्रिनुको बिकल्पभएन ठेकेदारलाई फाइदाहुने हिसाबले पहुँचको भरमा स्टमेट परिर्वतन गरेर यताबाट ल्याउने काम भएको छ’ संर्घष समितिकाअध्यक्ष पाण्डेले भने, ‘यो कुरा हामी कुनै पनि हालतमा मान्न तयार छैनौं ।’
करिब ३ वर्ष अघि काम सुरु भएको उक्त आयोजनालाई ३ खण्डमा बिभाजन गरी ठेक्का लगाइएको छ ।
पहिलो खण्ड अन्र्तगत मनाङबाट लम्जुङ हुँदै गोरखाको पालुङ्टार स्थित मार्कीचोक सवस्टेशनमा उक्त प्रशारण लाइन जडान हुने आयोजनाले बताएको छ ।
त्यहाँबाट आँपपिल (हर्मी) चोरकाटे हुँदै तनहुँमा जोड्ने समेत तयारी गरिएको भन्दै स्थानीयले उक्त कुरा आफूहरुलाई मान्य नभएको बताएका छन् ।
त्यसले झनै ठूलो बस्ती जोखिममा पर्ने उनीहरुको दाबी छ ।यता मस्र्याङदी कोरिडोर २२० केभिए प्रशारण आयोजनाका इन्जिनियर नारायण रेग्मीले पनि पालुङ्टारका स्थानीयले केही असन्तुष्टि जनाएको बताए। ‘त्यहाँबाट कोरिडोर बनाउनु हुँदैन भन्ने उहाँको माग छ’ उनले भने ।
प्रतिक्रिया