काठमाडौं- मान्छेहरू मलाई तपाईंको फिटनेसनको राज के हो भनेर सोध्ने गर्छन्। मेरो उत्तर छ– सकारात्मक सोच।
रेखा थापा अगाडि भन्छिन्- किनभने आफूलाई फिट एन्ड फाइन राख्न मसँग त्यस्तो विशेष सूत्र केही छैन।
खानपिनमा भने म निकै ध्यान दिन्छु। शरीरलाई चाहिनेजति मात्रै खान्छु। पानी प्रशस्त पिउँछु। सकभर शाकाहारी भोजन खाने कोसिस गर्छु।
वास्तवमा भन्नुपर्दा पर्याप्त निद्रा, सन्तुलित भोजन र सकारात्मक सोच नै फिटनेसका सूत्र हुन्। म हरेक कुरालाई सकारात्मक तवरले सोच्छु। त्यसका साथै आफैंमा आत्मविश्वास कायम राख्छु।
दिमागमा राम्रा कुरा मात्रै राख्यो भने शरीर त्यसै राम्रो हुन्छ।
प्रतिक्रिया