गाेरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पालुङटार नगरपालिकाको नगर कमिटी अध्यक्षमा विबश चिन्तन ‘अजय’ चयन भएका छन् । लामाे समयकाे विवादका विच बसेकाे बैठकले अजयलाई अध्यक्षमा चयन गरेकाे हाे ।
तत्कालिन एमाले र माओवादी पार्टी एकता भएपछि जिल्लाका ९ वटै गाउपालिकाले नेतृत्व पाइसकेकाे थियाे भने पालुङटार र गाेरखा नगरपालिकामा विवाद भएकाे थियाे । गाेरखा नगरपालिकाका एमालेकाे भागमा परेकाे छ ।
‘कुन पार्टीलाइ कुन नगरपालिका र कसलाइ के भन्नेमा नै विवाद थियाे ‘स्राेत भन्छन्’ यसमा नेकपाका गण्डकि प्रदेश इन्चार्ज हितराज पाण्डे र सांसद चुडामणि खड्काविचकाे ‘टकराव’का कारण पालुङटारमा समस्या भएकाे हाे ।’ पाण्डे अजयलाई अध्यक्ष बनाउने लविङमा थिए भने खड्का विकास वाग्लेलाई ।
अन्नतत, नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठ साेमबार पालुङटारकाे एक कार्यक्रममा सहभागि हुन पुगेका थिए । स्राेतका अनुसार उनले नै छलफल गरी पालुङटारमा नगर कमिटि चयन गरेका हुन् ।
नेकपा स्रेातका अनुसार, ‘वाग्ले भन्दा देवकोटा स्थानीय रुपमा स्थापित नेताको रुपममा चिनिन्छन् तर केहि नेता भने गलत व्याक्तिको उस्काहटमा लागेर पार्टीहित विपरितको काममा लागेका छन्, ति व्याक्तिहरु पालुङटारमा कठपुतली खडा गरेर लुट मच्चाउन चाहान्छन्।’
प्रतिक्रिया