धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाट स्थित त्रिशुली नदिमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ ।
सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान साढे ३ बजेको समयमा त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ ।
अहिलेसम्म १२ जनाको उद्धार गरिएको प्रहरी उपरक्षक राजकुमार बैदवारले घटनास्थलबाट जानकारी दिए । नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
अफ्ठयारो ठाउँ भएको हुदाँ उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए । २५ जना बेपत्ता भए रहको प्रहरीले जानकारी दिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया