काठमाडौं- आज देशका धेरैजसो ठाउँमा सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पहाडका एक–दुई ठाउँमा भने ठूलो तथा पूर्व, मध्य र पश्चिमी भेगमा मेघ गर्जन र चट्याङसहित सामान्य पानी पर्ने सम्भावना छ । त्यस्तै आज बिहानैदेखि काठमाडौं उपत्यकाका खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
उपत्यकाको बाग्मती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरालगायतका खोलामा पानीको बहाव बढ्दो क्रममा रहेको र सतर्कता विन्दुको नजिकै पुगेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो ।
यस्तै जाजरकोट, सल्यान, रुकुमलगायत ठाउँमा पनि पानी परिरहेकाले यी क्षेत्रका नदीमा बिहान १० बजेसम्म नै आकस्मिक बाढी आउने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
सिन्धुली, धनुषा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र गोर्खामा पनि ठूलो पानी परिरहेको र पानी पर्ने क्रम बढ्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन र नदी किनारामा नजान सूचना निकालर आग्रह गरेको हो ।
आज, भोलि र पर्सि पानी पर्ने भएकाले बाढीपहिरो र चट्याङबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया