काठमाडाैं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारलाई लाखौँ विरुवा कहाँ रोपेको हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा कृषि मन्त्रालयले पेश गरेको विरुवा संरक्षण विधेयकमाथि आफ्नो धारणा राख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘फास्ट ट्रयाक निर्माणका बेला रुख काट्दा सरकारले लाखौँ विरुवा रोप्ने भनेर चर्चा गरेको थियो,’ उनले भने ‘ती रोप्ने भनिएका विरुवा चन्द्रमा छ कि, मंगल ग्रहमा छ कि वा यही नेपालको धरतीमा छ।’
साथै उनले त्यसबेला काटिएका रुखबाट आएको आम्दानी देखाउन पनि सरकारसँग माग गरे ।
एउटाले विरुवा रोप्ने अर्कोले रुख काट्ने प्रवृत्ति देखिएको भन्दै उनले कृषि मन्त्रालय र वन मन्त्रालयल दुवैले संयुक्त रुपमा रुख विरुवा संरक्षणमा समान धारणा बनाउन पनि उनले अाग्रह गरे ।
प्रतिक्रिया