+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशमा लोकसेवा आयोग विधेयक प्रमाणीकरण

4KNationalDaily
२०७६ श्रावण २६, आईतवार २०:४८ बजे

पोखरा- गण्डकी प्रदेशको प्रदेश लोक सेवा आयोगको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार प्रमाणीकरण गरेका हुन् ।

लोक सेवासम्बन्धी विधेयक प्रमाणीकरण भएपछि अब गण्डकी प्रदेश सरकारलाई कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न बाटो खुलेको छ ।

विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो ।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेशसभालाई दिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily