+
Search

ताजा अपडेट +

पपुलर +

यसरी पेचिलो बन्दैछ शिक्षक दरबन्दी

4KNationalDaily
२०७६ श्रावण २७, सोमबार ०७:१४ बजे

काठमाडौं- काठमाडौँको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन्।

५० जना विद्यार्थी बराबर एक जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनुपात ७.५ः१ छ। संस्कृत माविसँगै रहेको दरबार हाइस्कुलको पनि स्थिति उही छ।

त्यस माविको विद्यार्थी–शिक्षक अनुपात १०ः१ छ। विराटनगरको आदर्श माध्यमिक विद्यालयमा ठीक उल्टो अवस्था छ। त्यहाँ विद्यार्थी–शिक्षक अनुपात ७०ः१ छ ।

शिक्षक दरबन्दी मिलान हुन नसक्दा कुनै विद्यालयमा आवश्यकताभन्दा बढी र कुनैमा कम शिक्षक छन्।

शिक्षक दरबन्दी पुनःवितरण सुझाव कार्यदलको प्रतिवेदनले देशभरिका दुई हजार ८१६ विद्यालयमा १० भन्दा कमको अनुपातमा विद्यार्थी–शिक्षक रहेको औँल्याएको छ ।

११ महिनाअघि सरकारलाई बुझाइएको प्रतिवेदनअनुसार छ हजार ७७८ विद्यालयमा १० देखि २० जनासम्म विद्यार्थी छन्।

यी दुईवटा तथ्याङ्कलाई जोड्दा नौ हजार ४९४ विद्यालयमा विद्यार्थी–शिक्षक अनुपात १ः२० भन्दा कम रहेको स्थिति छ ।

शिक्षक दरबन्दी मिलान निकै पेचिलो बन्दै गएको छ । निकै अघिदेखि दरबन्दी मिलानसम्बन्धी समस्या समाधान गर्ने भनिँदै आए पनि हुन नसक्दा विद्यार्थी र शिक्षक बीचको तथ्याङ्कीय खाडल बढ्दै गएको छ।

अर्कोतर्फ दरबन्दी मिलान राजनीतिसँग जोडिन पुगेको छ । विगतमा कतिपय जिल्लाले दरबन्दी मिलानका लागि कागजी निर्णय गरे पनि राजनीतिक दबाब झेल्न नसक्दा कार्यान्वयन गर्न सकेनन् ।

झन्डै एक वर्ष हुन लाग्दा पनि पछिल्लो कार्यदलले दिएको प्रतिवेदन सार्वजनिक गरिएको छैन। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily