नुवाकोट- तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ ।\
मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।
श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि आज जिल्ला अस्पताल त्रिशूलीमा पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् ।
\
शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया