काठमाडौं- गोरखा-ताकुकोट सेवा समाज काठमाडौंले बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि गाईजात्रा-२०७६ आयोजना गर्ने भएका छन्।
बनस्थली स्थित कार्यालय परिसर (अक्सफोर्ड ड्राभिङ सेन्टर)बाट बिभिन्न नाॅच र बाजागाजा सहितको झाॅकीले बनस्थलीचोक-खरीबोट-बल्छी ध्रुवे फुटसल-राधाकृष्ण मन्दिर-ढुङ्गेधारा-नयाॅबजारक्लिनिक-गीताञ्जली चोक परिक्रमा गरिचमती मितेरीपुल हुदै कार्यालय परिसर (अक्सफोर्ड ड्राभिङ सेन्टर,बनस्थली) आएर समापन हुनेछ।
गाईजात्रामा घोडा नाॅच, चिरेदार, भोटे (बिभिन्न हास्यव्यंग्य चरित्रहरु) गाईनानी तथा टाकटुके नाॅच सहितको मौलिक शैलिमा प्रस्तुतिहरु रहनेछन्। गोरखाको ताकुकोटमा मौलिक शैलिमा मनाईने गाईजात्रा कै स्वादमा यो गाईजात्रा लाई प्रस्तुत गर्न प्रयास गर्ने गाईजात्रा-२०७६ ब्यबस्थापन समितीको संयोजक अनुप श्रेष्ठ बताए ।
साउन ३१ गते शुक्रबारको दिन ११:०० बजे देखि गाईजात्रा सुरु हुनेछ। गोरखा ताकुकोट सेवा समाजले २०७३ साल देखि यो कार्यक्रम गर्दै आईरहेको छ। संस्थाका अध्यक्ष रेशम श्रेष्ठले ‘आफ्नो संस्कृति को संरक्षणको निम्ती र अबको पुस्तामा हस्तान्तरण को लागि समेत यो कार्यक्रम सहयोगी बन्ने बिश्वास गरे ।
ताकुकोट र काठमाडौंमा लाग्ने यो गाईजात्रामा मात्रै नेवारहरुको नभै सम्पुर्ण समुदायको भव्य सहभागिता रहेको पाईन्छ सबैको उत्तिकै अपनत्व रहेकोछ।
गाईजात्रामा बिभिन्न रमालो मनोरञ्जनात्मक नाॅचहरु देखाईन्छ साथै यो एक बर्ष भरि मृत्यु भएको परिवारको सम्झनामा आफ्नहरुले गाई निकाल्ने वा गाईजात्रामा नाॅच्नेहरुलाई फलफुल, दहि केरा, अन्य परिकार सहितको प्रसाद बितरण गर्ने समेत गरिन्छ।
प्रतिक्रिया