काठमाडौं- सशस्त्र प्रहरीको निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ।
सशस्त्रीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डीआईजी)सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्।
उनीहरूले पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि फर्काएका छैनन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा विकास थापा र सुवास गोतामे मिलेर विस्तृत रूपमा लेखेका छन्।
सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्वमहानिरीक्षकले जनशक्ति दुरुपयोग गरेका हुन्।
प्रतिक्रिया