काठमाडाैं- आज (बुधबार) देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै पहाडी भेगका एकरदुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले पश्चिमका थोरै स्थानमा पानी परिरहेको छ।
दिउँसो वा अपराह्नपछि मध्य र पूर्वी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ।
उनका अनुसार दिउँसो वा अपराह्नतिर पूर्वदेखि पश्चिमसम्मका पहाडी क्षेत्रका कुनै पनि एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै आज राति देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने तथा पूर्वी तथा पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति भने चट्याङ पर्ने सम्भावना नरहेको मौसमविद् नगरको बताए।
उनका अनुसार न्यून चापीय रेखा उत्तर सर्ने क्रम रहेकाले त्यो तीन दिनपछि नेपाल नजिकै आउने सम्भावना छ।‘आज र भोलि मौसम हिजोकै जस्तै रहन्छ,’ उनले भने, ‘आजदेखि पर्सिदेखि भने देशभर भारी वर्षा हुने सम्भावना छ, अविरल वर्षा पनि हुन सक्छ।’
प्रतिक्रिया