+
Search

ताजा अपडेट +

पपुलर +

प्रवलीकरणका लागि दक्ष प्राबिधिकको आबश्यक : मयेर कंडेल

4KNationalDaily
२०७६ श्रावण २९, बुधबार २२:०३ बजे

गोरखा- पालुङ्टार नगरपालिकाका मेयर दीपक बाबु कँडेलले प्रबलिकरण गर्ने अवस्थामा रहेका घरलाई तालिम प्राप्त दक्ष प्राविधिक आवश्यक रहेको बताएका छन् ।

पालुंङ्गटार नगरपालिकाको आयोजना तथा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सहजिकरणमा आयोजित प्रबलिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्राविधिकले सही ज्ञान हासिल गरेर प्रबलिकरण गर्नुपर्ने भुकम्प प्रभावित घरधनलिाई उचित सल्लाह सुझाव दिनुपर्ने बताएका हुन् ।

उनले पुनर्निर्माणमा खटिएका प्राविधिकलाई लगनशिल भएर आफ्नो कार्य निर्वाह गर्न आग्रह गरे । भने ‘पहुँचवाला भन्दा अति संकटासन्न भुकम्प प्रभावित परिवारलाई ध्यान दिनुपर्छ ।’

मेयर कँडेलले परम्परागत शैलिका घरहरुमा उच्चस्तरको मौलिकता प्रयोग भएकाले सोही अनुसारका भुकम्प प्रतिरोधी नमुना घर निर्माण गर्न समेत जोड दिए ।

कार्यक्रममा जिल्ला कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का आयोजना प्रमुख इन्जिनियर रामशरण आचार्यले प्रबलिकरण गर्दा भुकम्प पछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई प्रबलिकरण सम्बन्धी प्राविधिक रुपमा उचित परामर्श दिनुपर्ने बताए ।

उनले जनप्रतिनिधिलाई समेत भुकम्प प्रभावित घरधनीलाई प्राविधिकको सल्लाहमा र कम खर्चमा प्रबलिकरण गर्न सकिने सन्देश प्रवाह गर्न सुझाव दिए ।

पालुंङ्गटार नगरपालिकामा ११ सय ४ घर प्रबलिकरण गर्ने सूचीमा रहेको अवस्थामा गर्न इच्छुक रहेका घरधनीलाई उत्प्रेरणा–मूलक कार्यक्रम गरेर विश्वस्त बनाउनुपर्ने बताए ।

ऐतिहासिक धरोहर भएका भवनलाई जोगाउन तथा कम खर्चिलो समेत भएकाले प्रबलिकरण राम्रो विकल्प भएको प्रमुख आचार्यको भनाई थियो । आगामी दिनमा भुकम्प प्रभावित घरधनीलाई प्रबलिकरण गर्न तालिम प्राप्त प्राविधिक मार्फत आवश्यक परामर्श दिन लगाइने समेत उल्लेख गरे ।

जिल्ला कार्यान्वयन इकाई भवनकी प्रमुख इन्जिनियर सुनिता श्रेष्ठले दशैं अगावै पालुङ्गटार नगरपालिकाका सबै वडामा प्राविधिकलाई प्रबलिकरण सम्बन्धी तालिम दिइने लक्ष्य लिएको बताइन् ।

उनले प्रबलिकरण सम्बन्धी कार्यशाला जनप्रतिनिधिका लागि समेत फलदायी रहने भएकाले स्थानीय तहले प्राथमिकता दिएर अगाडी बढाउनुपर्ने बताइन् ।

सोही कार्यक्रममा उपस्थित पालुङ्गटार नगरपालिकाको सम्पुर्ण वडाका जनप्रतिनिधिले गाँउ/टोलमा प्रबलिकरण सम्बन्धमा उचित सचेतनामूलक कार्यक्रम गरेर मात्र सो तर्फ भुकम्प प्रभावित घरधनीलाई प्रोत्साहन गर्न सकिने बताए ।

उनीहरुले वडामा रहेका इन्जिनियरलाई समेत प्रबलिकरण सम्बन्धी उचित तालिम दिन आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily