एजेन्सी- साबिक च्याम्पियनस लिग विजेता लिभपुलले सुपर कपको उपाधि जितेको छ। बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीलाई पेनल्टी सुटआउटमा पाखा लगाउँदै सुपर कप जित्न सफल भयो।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निणर्य टाईब्रेकरबाट गरिएको थियो। जसमा लिभरपुल ५–४ ले विजयी बन्यो। लिभरपुलको जितमा साडियो मानेले उत्कृष्ट प्रदर्शन गरे। उनकै दुई गोलमा लिभरपुलले निर्धारित समयमा बराबरी गोल गर्न सक्यो।
निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने चेल्सीले लिएको थियो। ३६ औ मिनेटमा ओलिभर जिराउडले गोल गर्दै लण्डन क्लबलाई अग्रता दिलाएका थिए। ४८ औ मिनेटमा साडियो मानेले खेल बराबरीमा ल्याएका थिए।
नाटकीय बनेको खेलमा ९५ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई जितनजिक पुर्याए तर मिडफिल्डर जोर्गिन्होले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए।
टाईब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोक्दा लिभरपुलले सिजनको पहिलो उपाधि जित्न सफल भयो।
मुख्य गोलरक्षक एलिसन घाईते भएपछि एड्रियनलाई गोलरक्षकको जिम्मेवारी दिएको थियो। उनले बचाएको एक पेनल्टी ईस्तानबुलमा लिभरपुललाई पहिलो उपाधिका लागि पर्याप्त बन्यो।
च्याम्पियन्स लिगको उपाधि जितेपछि लिभरपुलको यो अर्को उपाधि हो। युरोपा लिग र च्याम्पियन्स लिगको विजेताको हैसियतामा दुवै टिम सुपर कपमा भिडेका हुन्।
प्रतिक्रिया