गोरखा- पालुङटार स्थित एक जंगलमा टेन्ट टाँगेर जुवा खेल्दै गरेका आठ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले ३ लाख ८७ हजार २ सय ५० रुपैयाँसहित उनीहरुलाई पालुङटार नगरपालिका–५ चियानडाँडास्थित जंगलबाट पक्राउ पक्राउ गरेका हुन् ।
जुवा खेल्नेमा तनहुँ, लमजुङ र गोरखाका व्यक्ति रहेका डिएसपी महेन्द्र नेपालले बताए ।
‘अस्थायी प्रकृतिको टेन्ट टाँगेर जुवा खेलिरहेका रहेछन्,’ प्रहरीले भने, ‘विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भयौँ, उनीहरु पेसेवर रहेको बुझिन आएको छ ।’ उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया थाल्ने प्रहरीको तयारी छ ।
पक्राउ पर्नेहरुमा सिरानचोक गाउँपालिका ५ का दामोदर घिमिरे, पालुङ्टार नगरपालिका ५ का रुपबहादुर गुरुङ र गोरखा नगरपालिका १० का झमबहादुर भुजेल रहेका छन् ।
त्यस्तै बेशीसहर नगरपालिका ७ का दुर्गा घिमिरे, बेशीसहर नगरपालिका ८ का भरत पौडेल, बन्दीपुर गाउँपालिका ६ का किरणकुमार श्रेष्ठ, भानु नगरपालिका ७ का नसुमुन मिया, व्यास नगरपालिका १२ का नवराज शर्मा रहेको प्रहरीले जनाएको छ l
प्रतिक्रिया