काठमाडौं- न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्।
चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो।
लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्। यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
आफूलाई लामिछाने र कँडेललगायतले मानसिक तनाव दिइ आत्महत्या गर्न बाध्य पारेको पुडासैनीको रेकर्डेट भिडियो सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले लामिछाने लगायतलाई निगरानीमा राखेको थियो।
बिहीबार दिउँसो उक्त घटनासँग जोडिएकी अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। लगत्तै प्रहरीले लामिछाने र कँडेललाई बिहीबार साँझपक्राउ गरेको हो।
पत्रकारपुडासैनी चितवनस्थित एक होटलमा गत साउन २१गते झुन्डिएको अवस्थामा फेला परेका थिए।
प्रतिक्रिया