+
Search

ताजा अपडेट +

पपुलर +

सुरक्षित आवास निर्माणका लागि ४ हजारले लिए तालिम, भुकम्प प्रतिरोधात्मक घर बनाउन जोड

4KNationalDaily
२०७६ भाद्र ३, मंगलवार २०:३४ बजे

गाेरखा- सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले सुरक्षित तथा गुणस्तरीय निजी आवास निर्माणका लागि भनेर हाल सम्म ४ हजार जनालाई दक्ष डकर्मीको तालिम दिएको छ ।

परियोजनाले भुकम्प पश्चात निर्माणाधीन घरमै गएर मिस्त्रीलाई सो तालिम दिइने गरेको जनाएको छ ।

गोरखा तथा पालुङटार नगरपालिका र अजिरकोट, आरुघाट,गण्डकी, शहिदलखन, सिरानचोक एवम् धार्चे गाँउपालिकामा २ सय ४० महिला तालिम प्राप्त दक्ष डकर्मी सहित सो संख्यामा तालिम दिइएको परियोजनाले बताएको छ ।

‘तालिममा महिलाको समेत बढी भन्दा बढी सुरक्षित आवास निर्माणमा सहभागिता बढाउन प्राथमिता दिइने गरिए पनि सहभागिता कम भएकाले क्षमता अभिवृद्धिका लागि योजना बनाइरहेको परियोजनाका इन्जिनियर सन्तोष लामा गुनासाे गर्छन् ।

गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरकी २८ बर्षीय सम्झना सुनारलाई डकर्मीको तालिम लिएपछि सुरक्षित घर निर्माण गर्न सक्ने आत्मविश्वास बढेको बताउँछिन् ।

भन्छिन् ‘तालिमले बलियो तथा सुरक्षित घर निर्माण गर्ने बारे जानकारी दिनुका साथै पुरुष मिस्त्री सरह काम गर्ने अवसर प्राप्त भयो ।’

उनले तालिम लिन चाहने अन्य महिला दिदी बहिनीलाई समेत जानकारी दिएर आउन प्रोत्साहन गर्ने गरेको बताइन् ।

‘पहिला त घरको काम कसले गर्दिन्छ भन्ने दिदी बहिनी तालिम लिएपछि घर बलियो बनाउन जानिने र रोजगारीको बाटो खुल्ने भएपछि हैोसिए’, सम्झना भन्छिन् ‘यसबाट महिलामा नेतृत्वको विकास हुनका साथै आत्मानिर्भर तर्फ अघि बढेका छ’ ।

भुकम्प पश्चात घर निर्माण गरिरहेका मिस्त्रीलाई नै सुरक्षित आवास निर्माणका लागि प्रशिक्षित गराउनु तालिमको मुख्य उद्देश्य रहेको परियोजनाले जनाएकाे छ ।

तालिममा विशेष गरी राष्ट्रिय भवन निर्माण संहिता अनुसार ढुङ्गा माटो, इटाको गारो, सुधारात्मक विधि, प्रबलिकरण, वैकल्पिक प्रविधिबाट बन्ने घर लगायतमा विभिन्न ढाँचामा सिकाउने गरिएको लामा बताँउछन् ।

तालिम पश्चात सुरक्षित आवास निर्माण सम्बन्धी सचेतना बढेको परियोजनाका इन्जिनियर दिवस दाहालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily