+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेलाई अदालतले छाड्न मानेन, थप ५ दिन थुन्न आदेश

4KNationalDaily
२०७६ भाद्र ३, मंगलवार २१:१० बजे

काठमाडौं- जिल्ला अदालत चितवनले पत्रकार रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ ।

पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर थप अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily