काठमाडौं- रात्रिकालिन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइडमा कोलाहल मञ्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सवेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रहरीलाई निर्देशन दिएका छन्।
लेकसाइडमा मध्यराति डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्।
राति १२ बजेसम्म खुल्ने डान्स र डिस्कोबाट बाहिरिएका ‘टिनएज’ले ठूलो आवाजमका साथ मोटरसाइकल चलाउने गरेका छन्।
लेकसाइडमा आधा दर्जन हाराहारीमा डान्स र डिस्को छन्। ती डान्स र डिस्कोका अधिकांश ग्राहक १८ वर्ष हाराहारीका किशोर किशोरी हुन्छन्।
मध्यरातपछि डान्स र डिस्कोबाट मात्तिएर निस्किएका ती किशोरकिशोरीबीच मूल सडकमै तानातान र कुटाकुट चल्छ। एकअर्काप्रति अश्लिल शब्द प्रयोग गर्छन्। यसले स्थानीय आजित भएका छन्।
प्रतिक्रिया