+
Search

ताजा अपडेट +

पपुलर +

हिरासतबाट निकालेको पाँच मिनेटमै घटनामा मेरो संलग्नता नभएको प्रमाणित गर्न सक्छु : रवि लामिछाने

4KNationalDaily
२०७६ भाद्र ५, बिहीबार ०७:२२ बजे

काठमाडाैं- पत्रकार शालिकराम मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेले आफू रिहा भए पाँच मिनेटमै घटनामा आफ्नो संलग्नता नभएको प्रमाणित गर्न सक्ने बताएका छन् ।

रविकी श्रीमती निकिता पौडेलको फेसबुक स्टाटसमार्फत रवि लामिछानेले यस्तो बताएको उल्लेख गरिएको छ ।

फेसबुक स्टाटसमा लेखिएको छ, “यो घटनालाई लिएर प्रहरीले मलाई पाँच वर्ष नै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको पाँच मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।”

रविले घटनाको छानबिनमा प्रहरीले समय लगाएको र आफूलाई नियतवश फसाउन लागेको आरोप लगाएका छन् ।

साउन ३० गते शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुको पाँच-पाँच गरी १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

बुधबार दिउँसो रवि श्रीमती निकिता काठमाडौं महानगरीय प्रहरी परिसरमा शालिकरामको मृत्यु अघि खिचिएको भिडियो सक्कली नभएको भन्दै उजुरी दिन गएका थिइन् ।

तर, प्रहरीले उक्त घटना चितवन प्रहरी र सिआईबिको टोलीले अनुसन्धान गरिरहेको भन्दै उजुरी लिन अस्वीकार गरेको थियो ।

https://www.facebook.com/itsmenikita/posts/10157205414705240

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily