+
Search

ताजा अपडेट +

पपुलर +

समर्थकको आडमा रवि लामिछानेको लीला!

4KNationalDaily
२०७६ भाद्र ५, बिहीबार ०८:३० बजे

काठमाडौं- माउन्टेन टेलिभिनजका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा जोडिएका तीन व्यक्तिलाई ३० साउनमा काठमाडौँमा पक्राउ गरेर चितवन लगेलगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको माहोल नै बिग्रियो।

सबै दलका जिल्ला तहका नेताहरुले प्रदर्शन नगर्न अपिल जारी गरे पनि प्रदर्शन उस्तै छ। जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि बाइपास रोडको मालपोत चोकसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि माहोल सुधार भएको छैन।

कारण, शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा पक्राउ पर्ने तीन जनामध्ये एक टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेका समर्थक।

चितवनमा वितण्डा मच्चाउने उनीहरु लामिछानेका समर्थक हुन्, जो दिनभर रविलाई रिहा गर भन्ने नारा लगाएर बसेका हुन्छन्।

सोही आरोपमा पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीसमेत पक्राउ परेका छन्। तीनै जना पक्राउको कारण र प्रमाण एउटै हो, तर उनीहरुबारे कोही बोलेका छैनन्।

रविले सिधा कुरा जनतासँग कार्यक्रमको आडमा धैरैसँग अबैद्य रुपमा रकम असुल्ने गरेको पत्रकार पुडासैनीले मर्नुअघि खिचेको भिडियोमा उल्लेख गरेका छन्।

चितवनका तिलक गैरेले पनि रविले सिधा कुराको कार्यालयमा बोलाएर युट्युवबाट भिडियो हटाउने सर्तमा आफूसँग १० लाख मागेको बताएका छन्।

यो खबर आजको शुक्रबार साप्ताहिकमा केपी ढुंगानाराजेन्द्र आचार्यले लेखेका छन्। वरिष्ठ पत्रकार पी खरेलले रविले जनतासँग सिधा कुरा कार्यक्रममा न्यायाधिश बनेर फैसला गर्ने गरेको भन्दै आलोचना गरेका छन्।

मनोविद् गोपाल ढकालले कसैको अन्धभक्त भएर समर्थन गर्नुलाई मानसिक रोग भनेका छन्।

जेठी श्रीमतीसँग डिभोर्सपछि आफ्ना फ्यानको सहानुभूति पाउन रवि लामिछानेले अमेरिकामा दुःखले जोडेको घरसमेत श्रीमतीलाई सुम्पेको र किस्ता आफैँले तिर्ने दाबी गरेका थिए।

तर, यो दाबी गरेको एक वर्ष नपुग्दै रविले किस्ता तिरिदिने भनेको घर लिलाम हुने चरणमा पुगेको छ।

उनले जेठी श्रीमतीसँग डिभोर्स गर्नुअघि अमेरिकामा बसाईकै क्रममा एक विदेशी महिलासँग सम्बन्ध गाँसेका थिए। ती महिलाबाट एक सन्तानकै जन्म भएको रविले नै स्वीकारेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily