+
Search

ताजा अपडेट +

पपुलर +

संविधान दिवसमा मोदी प्रमुख अतिथि !

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार ०७:४८ बजे

काठमाडौं- असोजमा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ।

संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको तयारी छ।

भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएको करिब १ घण्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदाीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेको थिए।

जयशंकरले नेपाली प्रधानमन्त्रीको निम्ता भारतीय प्रधानमन्त्रीसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। यो खबर आजको नयाँ पत्रिकामा पर्शुराम काफ्लेले लेखेका छन्।

यो विषयमा भारतका तर्फबाट छिटै औपचारिक जानकारी आउने अपेक्षा गरिएको परराष्ट्र स्रोतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily