+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा बजारमा नगरपालिकाकाे अनुगमन : माछा पसलमा गन्हाएको फेला पर्याे

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार ०८:१८ बजे

गोरखा- गोरखा नगरपालिका गोरखाले सदरमुकाम क्षेत्रका होटल, मासु पसल, किराना पसल र मसला पसलहरुको अनुगमन गरेको छ ।

गोरखा नगरपालिका गोरखाका शाखा अधिकृत चेतनाथ अम्गाई नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा अधिकांस व्यवसायीहरुले मूल्य सूची नराखी व्यवसाय सञ्चालन गर्दै गरेको, दर्ता नबिकरण नभएको, म्याद गुज्रेका खाद्यबस्तुहरु बिक्रि बितरण गरेको पाइएको छ ।

अनुगमनका क्रममा होटल सञ्चालकहरुले राँगा, खसी बुङगुर, कुखुराका लगायत सबै प्रकारका मासुहरु एकै ठाउँमा राख्ने गरेको भेटिएको अम्गाईले जानकारी दिए ।

त्यस्तै होटलका किचन सफा नभएको, किचनका निस्केका फोहोरहरु किचनसंगै रहदा दुर्घन्धित हुने गरेको पाइएको उनको भनाई छ । किराना पसलहरुको अनुगमनका क्रममा कुँवर किराना पसल सतिपिपलमा धेरै म्याद गुज्रेका अखाद्य बस्तुहरु बिक्रि गरेको भेटिएको उनको भनाई छ ।

‘त्यहाँ पेयपर्दाथ १ बर्षभन्दा बढि म्याद गुज्रेको, कम्प्लेक्स, बिस्कुटहरु म्याद गुज्रेको, लेबल नखुलेका अन्य अखाद्यबस्तु समेत फेला परेपछि नमुना परिक्षणका लागि ल्याएका छौ, उनले भने, ‘बाँकी रहेका अखाद्यबस्तु नष्ट गर्न र फिर्ता गर्न निदेर्शन दिएर त्यसको प्रमाण बुझाउन भनेका छौ । ’

अनुगमका क्रममा सतिपिपलमा रहेका होटल क्याफे दि चौतारीमा समेत किचन फोहोर रहेको भेटिएको उहाँले बताउनुभयो । त्यस्तै मसला पसलहरुको अनुगमनका क्रममा धेरैजसो मसलाहरुको म्याद गुज्रेको, लेबल नलाएको र नगरपालिकामा समेत दर्ता नभई सञ्चालन भएको भेटिएको अम्गाईको भनाई छ ।

उनले अनुगमनका गरिएका मध्ये ध्याम्पेसाल चोक नजिकै रहेको अंशु माछा पसलले बिक्रि गर्दै आएको माछा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने अबस्थामा भेटिएको बताए ।

‘उक्त माछा पसलमा गन्हाएको माछा समेत बिक्रिका लागि राखिएको माछा संगै राखेको समेत फेला प¥यो, उनले भने, त्यहाँ वरपर समेत बस्न नसक्ने अबस्थामा माछा गन्हाएको समेत फेला प¥यो ।’ बजारमा कालो बजारी बढेको, अखाद्यबस्तु बिक्रि हुदै आएको भन्ने जनगुनासो बढेपछि नगरपालिकाले बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीमा गोरखा उद्योग बाणिज्य संघ गोरखाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रतिनिधि, नेपाल पत्रकार महांसघ गोरखाका प्रतिनिधि लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily