+
Search

ताजा अपडेट +

पपुलर +

आराधना गरेर राजतन्त्र फर्कदैनः मन्त्री बाँस्कोटा

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार १०:०१ बजे

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आराधना गरेर राजतन्त्र फर्कने सपना नदेख्न अाग्रह गरेका छन् ।

नियमित पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले राजसंस्था कोरा कल्पना मात्रै भएको बताएका हुन् ।

राजतन्त्र मुलुकबाट सदाका लागि अन्त्य भएको र इतिहासमा सावित भइसकेको राजतन्त्रको सपना नदेख्न आग्रह गरेका छन्।

उनले राजतन्त्रबारे भावी पुस्ताले नेपालको राजनीतिक विकासको प्रक्रियाको अध्ययन गर्दा राजतन्त्रको विषयमा अध्ययन हुने बताए ।

‘मरेको राजतन्त्रले फडा उठाउन सक्दैन, म दोहोर्याएर भन्छु, ‘राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुनेछन्’, अरु विकल्प छैन । चिहानमा आराधना गरेर राजतन्त्र फर्कनेवाला छैन, कोरा कल्पनामा नरुमलिऊ लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एकजुट भएर लागौँ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily