+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले अर्को देशका विदेशमन्त्रीसँग अलग्गै गोप्य भेटवार्ता गर्नु कूटनीतिक मर्यादाविपरीत : रावल

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार १०:२९ बजे

काठमाडौं– नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीले अर्को देशका विदेशमन्त्री एस जयशकरसँग अलग्गै गोप्य भेटवार्ता गर्नु कुटनीतिक मर्यादा र आचरण विपरीत भएको बताएका छन्।

नेता रावलले ट्विटमार्फत गर्दै भनेका छन्, ‘औपचारिक भ्रमण र वार्तामा पदीय हैसियत वा स्तर (प्रोटोकल)लाई जहाँ पनि ध्यान दिइन्छ। नेपाल जस्तो देशले विषय विज्ञ र सम्बन्धित कर्मचारी राखी वार्ता गर्नु उचित हुन्छ।’

यसैगरी रावलले कुटनीतिक मर्यादाको वास्ता नगरी पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति लगायतका कतिपय नेपाली नेताहरू द्वन्द्वकालको पीडा सम्झाउने गरी भारतीय विदेश मन्त्रीलाई भेट्न एउटा होटलमा धाएको देख्दा स्वाभिमानी नेपालीको शीर निहुरिएको बताएका छन्।

उनले भनेका छन्, ‘यस्ता नेताहरूबाट राष्ट्रिय हित र स्वाधीनताको लागि के आशा गर्ने?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily