+
Search

ताजा अपडेट +

पपुलर +

मार्क्सवादलाई अक्षरशः पालना गर्नेभन्दा मार्गदर्शन बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार १२:५९ बजे

काठमाडाैं- नेकपाका अध्यक्ष प्रचण्डले मार्क्सवादलाई अक्षरशः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिध्दान्तका रूपमा लिनुपर्ने बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालकाे प्रशिक्षण कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

‘एउटा प्रवृति मार्क्सवाद , लेनिनवाद, या द्वन्द्वत्मक तथा एेतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरशः पालना भन्दा पनि मार्गदर्शन बनाउनुपर्ने पर्छ ।’

उनले पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको बताए ।

हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै त छैन भन्दै प्रश्न गर्दै भने, ‘कम्युनिष्टहरुमा बैचारिक विचलन आएको छ । सामुहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ । ’

अध्यक्षले कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई विर्सदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहाना के हो ? कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै–विस्तारै वुर्जुवा शैलीतर्फ जान थालेकोप्रति आफुलाई चिन्ता लागेको बताए ।

सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उहाँले बुर्जवाहरुले कम्युजिस्टहरुसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेकाे उदाहरण रहेकाे बताए ।

उनले भने ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily