+
Search

ताजा अपडेट +

पपुलर +

साहोको ‘ब्याड ब्वाई’मा देखिएकी ज्याकलिनले लिइन् दुई करोड

4KNationalDaily
२०७६ भाद्र ७, शनिबार ०७:१२ बजे

एजेन्सी- हिन्दी फिल्म ‘साहो’को केहि दिन अघि सार्वजनिक भएको ‘ब्याड ब्याई’ गीत अहिले निकै चर्चामा छ । गीत अहिले युट्युबको टे्न्डिङमा छ ।

सार्वजनिक भएको छोटो समय अर्थात ४ दिनमै गीतको हिन्दी संस्करणलाई मात्रै २ करोडभन्दा बढिले हेरिसकेका छन् ।

‘साहो’को सार्वजनिक ‘ब्याड ब्वाई’मा अभिनेता प्रभाष र अभिनेत्री ज्याकलिन फर्नान्डेज देखिएकी छन् । गीतको चर्चासँगै गीतको अभिनयका लागि ज्याकलिनले लिएको मोटो रकमको पनि चर्चा भएको छ ।

भारतीय मिडियाले जनाएअनुसार अभिनेत्री ज्याकलिनले यो गीतको लागि मात्रै दुई करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।

फिल्मको यस गीतलाई –यापर नीति मोहनले आवाज दिएका छन् ।

अभिनेता प्रभाष र श्रद्धा कपुरको मुख्य अभिनय रहेको फिल्म आगामी ३० अगस्टमा रिलिज हुँदैछ । फिल्म हिन्दी, तमिल, तेलेगु र मलायालम भाषामा एकसाथ आउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily