गोरखा– जिल्ला प्रशासन कार्यालय गोरखामा राष्ट्रिय बाणिज्य बैंककाे राजश्व काउन्टर स्थापना गरेको छ ।
प्रशासन कार्यालयमा आउने सबै सेवाग्राहीहरुले आफुहरुले तिनुपर्ने सामान्य राजश्व पनि बैंक मार्फत भूक्तानी गर्दा ढिलाई भएको गुनासो गरे पछि बैंकले राजश्व काउन्ट स्थापना गरेको हाे ।
सानो तिनो रकमका लागि पनि कार्यालय देखी टाढा रहेको राष्ट्रिय बाणिज्य बैंकमा रकम जम्मा गनुपर्ने बाध्यताबाट अब भने सर्व साधारणले उन्मुत्ती पाउने भएका छन् ।
कार्यालयमा आउने सेवाग्रीहरुले दैनिक जसो राहदानी, संस्था दर्ताको शुल्कका साथै अन्य राजश्वका रमक बुझाउन बैंक धाउनुपर्ने गर्दथ्यो ।
सरकारी कारोबार हुने एक मात्र राष्ट्रिय बाणिज्य बैंकमा राजश्व तिर्न सेवाग्राहीलाई लामो समय लाग्दा एकै दिनमा हुने सरकारी काम २ दिन सम्म लाग्ने र सेवाग्राहीको खर्च बढने गर्दथ्यो ।
प्रतिक्रिया