काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको क्रममा सिंगापुर गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो ।
बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गन बताईएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आज पहिलोपटक बैठक बसेको हो ।
बैठक डाक्नुअघि प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेका थिए । यसअघि बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्दै आएका थिए ।
नेकपामा केन्द्रीय आयोग, महानगर कमिटी, प्रवास कमिटीदेखि सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्चलगायत संगठनात्मक एकीकरणका काम टुंगो लगाउन बाँकी छ।
प्रतिक्रिया