काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् ।
विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको खोजी भइरहेका बेला प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव गरिएको हो।
यद्यपि, प्रधानमन्त्रीको प्रस्तावमा कोइरालाले सकारात्मक जवाफ दिएका छैनन् । बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले त्यस्तो मनस्थितिमा आफू नरहेको उनले प्रधानमन्त्रीलाई बताएका छन् ।
पछिल्लो समय कोइरालाले चाइल्ड हेल्थ हस्पिटल स्थापनाको जिम्मा पाएका छन् । त्यसका लागि उनी जुटिरहेका छन् ।
प्रतिक्रिया