+
Search

ताजा अपडेट +

पपुलर +

आज यी स्थानहरुमा चट्टयांगसहित भारी वर्षा हुने

4KNationalDaily
२०७६ भाद्र ९, सोमबार १३:३८ बजे

काठमाडौं- सोमबार देशका पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ सरेको छ।

सोमबार दिउँसो देशभरी सामान्य बदली रहि केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ। देशको पश्चिमी भू–भागका एक र दुईस्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित मध्यम वर्षा हुने सम्भावना छ। पश्चिमी भू–भागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

पश्चिमी भू–भागमा यात्रा गर्दा सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily