काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र सरकारको बारेमा सार्वजनिक टिप्पणी र आलोचना गर्न बन्देज नलगाइएको प्रष्ट पारेका छन् ।
पार्टीको नीति र नेतृत्वका सम्बन्धमा सार्वजनिक बिरोध वा आलोचना नगर्न कार्यकर्तालाई निर्देशन दिने निर्णयको भोलिपल्टै प्रवक्ता श्रेष्ठले व्यक्तिगत टीकाटिप्पणी सार्वजनिक रुपमा गर्नमात्र रोक लगाइएको बताएका हुन् ।
फेरि स्पष्ट पार्न चाहन्छु,पार्टी कमरेडहरुले पनि पार्टी र सरकारबारे आलोचनात्मक टिप्पणी गर्न पाईन्छ।पाईन्छ मात्र होइन,गर्नुपर्छ।त्यसले पार्टी र सरकारलाई सही दिशामा लैजान मद्द्त गर्छ।आम जनताको निम्ति त यो अधिकार सुनिश्चित नै छ।खालि पार्टीकाले ब्यक्तिगत टिप्पणी भित्रै गरौं भनिएको हो।
— NKShresthaPrakash (@nksthaprakash) August 27, 2019
उनले ट्वीट गर्दै भनेका छन्– पार्टी कमरेडहरुले पनि पार्टी र सरकारबारे आलोचनात्मक टिप्पणी गर्न पाईन्छ । पाईन्छ मात्र होइन, गर्नुपर्छ । त्यसले पार्टी र सरकारलाई सही दिशामा लैजान मद्द्त गर्छ । आम जनताको निम्ति त यो अधिकार सुनिश्चित नै छ । खाली पार्टीकाले ब्यक्तिगत टिप्पणी भित्रै गरौं भनिएको हो ।
पार्टीको निर्णयलाई सही रुपमा बुझौं।कुनै पनि कमरेडको ब्यक्तिगत टिकाटिप्पणी सार्बजनिक रुपमा नगरौं।नेताहरुलाई मात्र छुट होइन।पार्टी भित्र गरौं।पार्टी र सरकारलाई कम्जोर वा असफल पार्ने नियतले केही नगरौं।तर बैचारिक,नीतिगत बिषयमा सार्बजनिक छलफल वा आलोचनात्मक टिप्पणी गर्न सकिन्छ।गरौं।
— NKShresthaPrakash (@nksthaprakash) August 27, 2019
श्रेष्ठले पार्टीको निर्णयलाई सही रुपमा बुझौं भन्दै पार्टी र सरकारलाई कमजोर वा असफल पार्ने नियतले केही नगरौंमात्र भनिएको बताएका छन् । तर बैचारिक, नीतिगत बिषयमा सार्वजनिक छलफल वा आलोचनात्मक टिप्पणी गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया