+
Search

ताजा अपडेट +

पपुलर +

फिल्म ‘चपली हाइट ३’मा स्वस्तिमाको इन्ट्री ?

4KNationalDaily
२०७६ भाद्र ११, बुधबार ०८:४६ बजे

काठमाडौं- चलचित्र ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’ निर्माण हुने भएको छ ।

अर्जुन कुमारले निर्माण गर्ने यस चलचित्र को निर्माण घोषणा गर्ने तयारी चलिरहेको छ । यस चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दै छन् ।

अर्जुन र निकेशले चलचित्र ‘फाटेको जुत्ता’मा सहकार्य गरेका थिए । चलचित्र निर्माण हुने पक्का भए पनि कलाकार र अन्य कुराको जानकारी भने बाहिर आएको छैन ।

यसै बिच यो वर्ष निकै सफलता पाउन सफल नायिका स्वस्तिमा खड्काले एउटा सिक्वेल चलचित्रको कथा पढिरहेको र आफूलाई मन परेको बताएकी थिइन् ।

तर, उनले चलचित्रको घोषणा चाडै नै हुने भन्दै नाम भने बताउन चाहेकी थिइनन् । स्वस्तिमाले पढेको चलचित्रको कथा चपली हाइटकै भएको कुरा बुझिएको छ ।

साथै यो चलचित्रका लागि स्वस्तिमा फाइनल भएको खबर पनि बाहिरिएको छ । यद्यपि निर्माण पक्षले केही खुलाएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily