काठमाडौं- कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । साउन २९ मा स्थगित बैठककै निरन्तरताकै रूपमा बैठक बस्न लागेको हो । बैठकमा एजेण्डामा भने सहमति भइसकेको छैन ।
सभापति शेरबहादुर देउवाले बैठकमा छलफल हुने एजेन्डाबारे अनौपचारिक समझदारी जुटाउने प्रयास गरेका छन् ।
एकै पटक बैठकमा छलफल सुरु गर्दा विवाद बढेपछि देउवाले बैठकअघि नै अनौपचारिक सहमति जुटाउन खोजेका हुन् ।
बैठकमा विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुँदै छ ।
प्रतिक्रिया