+
Search

ताजा अपडेट +

पपुलर +

फेवातालमा मिचिएको सार्वजनिक जग्गा फिर्ता गर्नुपर्छः मन्त्री भट्टराई

4KNationalDaily
२०७६ भाद्र ११, बुधबार २०:०७ बजे

पाेखरा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखराको सौन्दर्यलाई जोगाउन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

पोखरा पर्यटन परिषद्द्वारा आज पाेखरामा आयोजित मन्त्री भट्टराईको स्वागत एवं गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन विषयक अन्त्ररक्रियामा उनले विभिन्न नाममा भइरहेको अतिक्रमण एवं सुन्दरता खस्कने गरी भएका गतिविधिप्रति सबैको ध्यान पुग्नु आवश्यक रहेको बताए ।

मन्त्री भट्टराईले फेवातालमा मिचिएको सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने धारणा राखे ।

निर्माणाधीन पोखरा विमानस्थलको काम समयमा नै सम्पन्न हुने बताउँदै उनले हवाई मार्गका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जानकारी दिए ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०/१२ लाख पर्यटक आइरहेको बताउँदै मन्त्री भट्टराईले उक्त सङ्ख्यामा पर्यटक आउँदैनन् भन्दै हिँड्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

नेपाल भ्रमण वर्ष लक्षित पूर्वाधार विकासमा सरकार लागिरहेको उल्लेख गर्दैै उनले आगामी १५ दिनभित्र नेपाल भ्रमण वर्षको प्याकेज सार्वजनिक गर्ने बताए ।

नेपाल वायुसेवा निगम सम्बन्धमा देखिएका समस्या समाधान गर्दै यसलाई भरोसा गर्ने किसिमको बनाउने उनको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily