काठमाडौं- नेपाल-चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौंमा सुरु भएको छ।
यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ। तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौं आएका छन्।
महाराजगन्जस्थित विशेष बाहिनी लक्ष्मी निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन्। यो खबर आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन्।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगन्जमा गरी यो तालिम दुई सातासम्म सञ्चालन हुनेछ।
तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवादसम्बन्धी अभ्यास हुने जनाइएको छ। तालिम पर्यवेक्षणका लागि २० गते अर्को चिनियाँ टोली काठमाडौं आउने सेनाले जनाएको छ।
प्रतिक्रिया