+
Search

ताजा अपडेट +

पपुलर +

गौहत्या प्रकरणमा सरकारले लियो एक्सन, दोषी जोसुकै भएपनि नछोडिने

4KNationalDaily
२०७६ भाद्र १४, शनिबार २०:२८ बजे

काठमाडौं- सरकारले सुर्खेतको गौहत्या प्रकरणमा छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ।

शनिबार मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी ४ सदस्यीय छानविन समिति गठन गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

समितिलाई १५ भित्र छानविन सकेर प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

मन्त्रालयले गौहत्याजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुनी बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै किसिमको उन्मुक्ति नदिइने समेत स्पष्ट पारेको छ।

नेपालगञ्जबाट ३७० वटा गाईगोरु र बाच्छा दैलेखको श्रीस्थान लैजाने क्रममा बिहीबार राती सुर्खेतको कटकुवास्थित दैलेख सुर्खेत सडक खण्डको जंगल र ब्युरेनी खोलामा शुक्रबार २४ गाईगोरु मृत फेला परेका थिए।

घटनास्थलमा गाईगोरु छोडेर फर्किएका ५ वटा ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ। उक्त जंगलमा छाडिएका १४४ गाईगोरुलाई नेपालगञ्ज फर्काइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily